काठमाडौँ। पश्चिमी तथा स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली छ। साथै कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। कोशी प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै तथा बाँकी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा सहित हिमपातको सम्भावना छ।
राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहनेछ।
कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। देशको हिमाली भूभागका एकदुई स्थानमा स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar