काठमाडौँ । आज आइतबार देशभर आकाश आंशिकदेखि पूर्ण रूपमा बदली हुने देखिएको छ। मौसम पूर्वानुमान अनुसार हिमाली, पहाडी तथा तराई तीनै भू-भागहरूमा अधिकांश स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले जानकारी गराएको छ।
कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत सबै प्रदेशका हिमाली र पहाडी भूभागमा दिउँसो सामान्य बदली रहनेछ। यी क्षेत्रमा धेरै स्थानमा मेघगर्जनसहित मध्यमदेखि भारी वर्षाको सम्भावना छ। तराई भूभागहरूमा पनि दिनभर आकाश बदली रहँदै ठूलो मात्रामा वर्षा हुने देखिएको छ।
रातिको समयमा समेत अधिकांश भूभागमा बदली रहँदै धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने अनुमान गरिएको छ। केही स्थानमा तीव्र वर्षा पनि हुनसक्ने भएकाले बाढी, पहिरो तथा सडक अबरुद्धजस्ता सम्भावित जोखिमलाई ध्यानमा राखी उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।