काठमाडौं । देशभर मनसुनको सक्रिय प्रभाव कायमै रहेकोले आज शनिबार नेपालका अधिकांश भागहरूमा बदलीसहित वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको नजिकै सक्रिय रहेको र त्यसको प्रभावले विभिन्न प्रदेशमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
विशेषगरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा केही तराई क्षेत्रहरूमा विहानैदेखि वर्षा जारी रहेको छ। आगामी २४ घण्टाको लागि जारी गरिएको पूर्वानुमान अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। साथै, अन्य प्रदेशका थोरै स्थानहरूमा समेत मेघगर्जन, चट्याङ र क्षणिक तीव्र हावा चल्ने सम्भावना रहेको छ।
भारी वर्षाका कारण भू–क्षय, पहिरो, बाढी तथा डुबानको जोखिम रहेकोले सतर्क रहन महाशाखाले आग्रह गरेको छ। विशेषगरी पहाडी र हिमाली भू–भागमा वर्षासँगै हिमपातको समेत सम्भावना रहेको छ। साथै, नदी तथा खोला नालाहरूमा पानीको सतह अचानक बढ्न सक्ने हुँदा तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन अनुरोध गरिएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar