यसरी नाप्नुहोस जग्गाको क्षेत्रफल

काठमाडौँ।  तपाईं हामी धेरैको चासोको विषय हो जग्गाको मापन कसरी हुन्छ वा कसरी गरिन्छ? यस लेखमा हामी जग्गा नाप सम्बन्धी जानकारी दिने छौँ।

जग्गाको कारोबार गर्दा त्यसको क्षेत्रफल मापन अनिवार्य हुन्छ। वर्गफिट वा वर्गमिटर जग्गा मापनको सर्वमान्य इकाई हो। तर, ठाउँअनुसार जमिनको क्षेत्रफल नाप्ने तरिका वा इकाई फरक हुन सक्छ।

नेपालमा प्रायः जग्गाको क्षेत्रफल तराईमा एउटा र पहाडी भेगमा अर्को मानक इकाईमा नाप्ने गरिन्छ।

तराईमा क्रमशः कुनुवा, धुर, कठ्ठा र बिघामा जग्गा नापिन्छ। त्यस्तै, पहाडी क्षेत्रमा दाम, पैसा, आना र रोपनी जग्गा मापन गरिने आधारभूत इकाईको रूपमा चलिआएका छन्।

यी इकाईलाई तल दिइएको तालिकाका आधारमा विश्वव्यापी सर्वमान्य इकाई (वर्गफिट वा वर्गमिटर) सँग रूपान्तरण गरेर जग्गा वा घडेरीको क्षेत्रफल कति हुन्छ वा कसरी नापिन्छ भन्ने बुझ्न सकिन्छ ।

क्षेत्रफल रूपान्तरण तालिका

१ धुर . २.१२९६ पैसा १ आना . १.८७७७ धुर

१ रोपनी . १.५०२३ कठ्ठा १ बिघा . १३.३१२६ रोपनी

१ हेक्टर . २.४७११ एकर


प्रतिक्रिया