अमेरिकी डलर रु १४०.३७ मा स्थिर,अन्य मुद्राहरुमा थोरै उतार चडाव

foreign exchange

काठमाडौँ । आज सोमबार, श्रावण १९ गतेका लागि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार अमेरिकी डलर (USD) को खरिददर १३९.७७ रुपैयाँ र बिक्रीदर १४०.३७ रुपैयाँ कायम गरिएको छ। भारतीय रुपैयाँ (INR) प्रति १०० युनिटको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६०.१५ रुपैयाँ रहेको छ। 

त्यस्तै, युरो (EUR) को दर खरिदमा १६१.९३ रुपैयाँ र बिक्रीमा १६२.६३ रुपैयाँ पुगेको छ भने ब्रिटिश पाउन्ड (GBP) को खरिददर १८५.६१ र बिक्रीदर १८६.४० रुपैयाँ रहेको छ। स्विस फ्राङ्क (CHF) को खरिद १७३.८४ र बिक्री १७४.५९ रुपैयाँमा तय गरिएको छ भने क्यानाडियन डलर (CAD) को खरिददर १०१.३७ र बिक्रीदर १०१.८१ रुपैयाँ  रहेको छ ।

त्यस्तै,अष्ट्रेलियन डलर (AUD) को दर क्रमशः ९०.५३ र ९०.९२ रुपैयाँ छ। सिंगापुर डलर (SGD) खरिदमा १०८.४६ र बिक्रीमा १०८.९२ रुपैयाँमा कारोबार भइरहेको छ। जापानी येन (JPY) १० युनिटको खरिददर ९.४८ र बिक्रीदर ९.५२ रुपैयाँ रहेको छ। यस्तै, दक्षिण कोरियन वन (KRW) १०० युनिटको खरिददर १०.०६ र बिक्रीदर १०.११ रुपैयाँ रहेको छ। 

अन्य प्रमुख मुद्राहरू जस्तै चिनियाँ युआन (CNY) को खरिद दर १९.३८  र बिक्रीदर १९.४६, साउदी रियाल (SAR) को खरिद दर ३७.२६ र बिक्रीदर ३७.४२, कतारी रियाल (QAR) को खरिद दर ३८.२४  र बिक्रीदर ३८.४०, थाई भाट (THB) को खरिद दर ४.३०  र बिक्रीदर ४.३२, युएई दिराम (AED) को खरिद दर ३८.०५  र बिक्रीदर ३८.२२, र मलेसियन रिङ्गिट (MYR) को खरिद दर ३२.६८  र बिक्रीदर ३२.८२ रुपैयाँमा कारोबार भइरहेको छ। 

मध्यपूर्वका प्रमुख मुद्राहरू मध्ये कुवेती दिनार (KWD) को खरिद दर ५७.३६  र बिक्रीदर ४५९.३३, बहरैनी दिनार (BHD) को खरिद दर ३७०.७४  र बिक्रीदर ३७२.३३, र ओमानी रियाल (OMR )को खरिद दर ३६३.०२  र बिक्रीदर ३६४.५८ रुपैयाँमा कायम गरिएको छ। यस दरअनुसार आजको दिनमा विदेशी मुद्रा कारोबार गर्ने क्रममा बैंकहरूले आ-आफ्नो दर फरक फरक तोक्न सक्ने व्यवस्था रहेको छ।

प्रतिक्रिया