काठमाडौँ। आज विश्व सम्पदा दिवस। प्रत्येक वर्षको अप्रिल १८ मा यो दिवस मनाउने गरिन्छ।
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सन् १९८३ देखि यो दिवस मनाउन थालिएको हो। विश्व सम्पदा क्षेत्रमा नेपालका १० वटा (पाटन, काठमाडौं र भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण, पशुपतिनाथ, बौद्ध, स्वयम्भू, लुम्बिनी तथा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज) सम्पदा सूचीकृत छन्।
यस दिवसको अवसरमा बिहान राजधानीमा सम्पदा पदयात्रा गर्न लागिएको पुरातत्व विभागले जनाएको छ। विभाग, काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार संरक्षण कार्यक्रम, हनुमानढोका दरबार हेरचाह अड्डा, श्री स्वयम्भू संरक्षण तथा व्यवस्थापन महासमिति, नेपाल सम्पदा सङ्घ तथा बागमती प्रदेश हस्तकला सङ्घको आयोजनामा पदयात्रा गर्ने विभागले जानकारी दिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेको उपस्थिपतिमा हुने उक्त पदयात्रामा संस्कृतिकर्मी एवं सांस्कृतिक संस्था पनि सहभागी हुने छन् र स्वयम्भूको भुइँखेलबाट शुरू हुने पदयात्रा हनुमानढोका दरबार क्षेत्रमा आएर समापन हुने जनाइएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar