काठमाडौँ । देशभर आंशिक बदलीको अवस्था कायमै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज सोमबार, जेठ १२ गते, काठमाडौं उपत्यकामा बिहानैदेखि हल्का बादल लागिरहेको छ भने दिउँसो र साँझतिर हल्का वर्षाको सम्भावना रहेको छ।
विभागका अनुसार पश्चिमी वायुको प्रभावका कारण देशका केही ठाउँहरूमा आंशिक बदली र हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा भने हल्का हिमपातको पनि सम्भावना रहेको छ। काठमाडौं उपत्यकाको तापक्रम २६ देखि २८ डिग्री सेल्सियसको आसपास रहने अनुमान गरिएको छ।
कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहेको छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरमा मेघगर्जन/चट्याङ सहित हल्का बर्षा भइरहेको छ। हाल मनसुनको अवस्थाः बंगालको खाडिको उत्तर-पश्चिमका केही क्षेत्र तथा दक्षिण-पश्चिमका अधिकांश क्षेत्रहरूमा साथै भारतको केरला आसपासको क्षेत्र, माल्दिभ्स, श्रीलङ्का लगायतका भू-भागसम्म मनसुनको आगमन भएको र बंगालको खाडीबाट जमिनको भू-भागतर्फ मनसुन अगाडि बढने क्रममा रहेको छ।
यस्तै, पश्चिमी तथा मध्य क्षेत्रका पहाडी भू–भागमा बेलुकातिर मेघगर्जनसहितको वर्षा पनि हुनसक्ने मौसमविद्हरूको भनाइ छ। मौसममा आएको यस्ता उतारचढावले दैनिक जीवनयापन र सवारी आवागमनमा केही असर पार्नसक्ने भएकाले सावधानी अपनाउन विभागले आग्रह गरेको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar