काठमाडौँ । सोमबार देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई नजिकै रहेकाले आज देशभर आंशिकदेखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो र रातिको समयसम्म कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम सबै प्रदेशका हिमाली, पहाडी र तराई भूभागहरूमा व्यापक वर्षाको सम्भावना रहेको छ। कतिपय स्थानहरूमा भने भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी २४ घण्टाका लागि विशेष गरी बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानहरू तथा कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। यस्तो अवस्थामा बाढी, पहिरो, डुबान, तथा यातायातमा अवरोध आउने सम्भावना उच्च भएकाले सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायहरूलाई अनुरोध गरिएको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :
सबै प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेश र मधेश प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। आगामी केही दिन मधेश प्रदेश लगायत देशभर मनसुन सक्रिय रहिरहने देखिएकाले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन अनुरोध छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar