सुनको मूल्यमा पुनः उछाल, आज पनि नयाँ रेकर्ड कायम — चाँदीमा समेत निरन्तर वृद्धि

काठमाडौं। नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार छापावाल फाइन सुनको मूल्य प्रतितोला १ लाख ८७ हजार रुपैयाँ कायम भएको छ, जुन अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो।

हिजो बुधबार सुनको मूल्य एकै पटक २ हजार ७ सय रुपैयाँले बढेर १ लाख ८७ हजार रुपैयाँ पुगेको थियो, जुन आज पनि स्थिर रहँदै दोहोरिएको छ। यसअघि मंगलबार छापावाल सुनको मूल्य १ लाख ८४ हजार ३०० रुपैयाँ मा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्य पनि स्थिर देखिएको छ। बुधबार प्रतितोला १ हजार ९५५ रुपैयाँ पुगेको चाँदी आज बिहीबार पनि सोही मूल्यमा कायम गरिएको छ। यसअघि मंगलबार चाँदीको दर १ हजार ९४५ रुपैयाँ थियो।


प्रतिक्रिया