बर्ली एयर कूलर नेपालमा भव्य रूपमा लन्च, १७ आधुनिक मोडेल सार्वजनिक

काठमाडौं । भारतको सबैभन्दा ठूलो ओरिजिनल इक्विपमेन्ट म्यानुफ्याक्चरर (OEM) बर्ली होम एप्लायन्सले नेपाली बजारमा आफ्नो आधिकारिक प्रवेश गर्दै १७ आधुनिक एयर कूलरहरू सार्वजनिक गरेको छ। सोमबार, १७ मार्च २०२५ मा काठमाडौंको भिवान्ता होटलमा आयोजित भव्य कार्यक्रममार्फत यी उत्पादनहरू सार्वजनिक गरिएका हुन्।

नेपालमा बर्ली ब्रान्डका एयर कूलर ल्याउने कार्य सीजी इलेक्ट्रोनिक्सले गरेको छ। कार्यक्रमको प्रमुख अतिथिको रूपमा सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी तथा बर्ली होम एप्लायन्सका प्रबन्ध निर्देशक चिराग शर्माले नयाँ उत्पादनहरूको अनावरण गरे।

कार्यक्रममा बोल्दै बर्ली होम एप्लायन्सका प्रबन्ध निर्देशक चिराग शर्माले सार्वजनिक गरिएका एयर कूलरहरूको विशेषता, गुणस्तर, तथा नेपाली ग्राहकहरूको आवश्यकताअनुसार भविष्यमा थप नवीन उत्पादन ल्याउने योजनाबारे जानकारी दिए।

बर्लीका एयर कूलरहरू निम्न विशेषताका साथ नेपाली बजारमा उपलब्ध छन्:

उन्नत प्रविधि र ऊर्जा दक्षता, वातावरणमैत्री शीतलता प्रदान गर्ने डिजाईन, उपयोगमा सरल र सुलभ मूल्य, उच्च गुणस्तरीय कूलिंग प्रविधि

नेपालमा बर्लीका एयर कूलरको बिक्री तथा वितरणको जिम्मा सीजी इलेक्ट्रोनिक्सलाई दिइएको छ। सीजी इलेक्ट्रोनिक्सका प्रतिनिधिहरूका अनुसार यस सहकार्यले नेपालभर गुणस्तरीय, किफायती, र प्रविधिमैत्री एयर कूलर पुर्‍याउने लक्ष्य राखेको छ।

नेपालमा बर्ली ब्रान्डका उत्पादनहरूलाई लोकप्रिय बनाउँदै आगामी दिनमा थप नयाँ होम एप्लायन्स तथा कुलिङ सोलुसनहरू सार्वजनिक गर्ने योजना रहेको कम्पनीले जनाएको छ।

नेपालमा गर्मी मौसम नजिकिँदै गर्दा बर्ली एयर कूलरको आगमनले बजारमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया