काठमाडौं। हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मौसम विज्ञान विभागका अनुसार हाल सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने बाँकी भू-भागमा आंशिक बदली देखिएको छ। सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हाल हल्का वर्षा भइरहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
विभागका अनुसार देशका पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुनसक्नेछ। यस्तै, उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
मौसम परिवर्तनका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। विशेष गरी हिमाली क्षेत्रमा यात्रा गर्ने यात्रुहरूलाई मौसमको अवस्थाबारे पूर्व जानकारी लिई आवश्यक सुरक्षात्मक उपाय अपनाउन सुझाव दिइएको छ।
(स्रोत: जल तथा मौसम विज्ञान विभाग)
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar