काठमाडौँ। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ का लागि कुनै पनि लाभांश वितरण नगर्ने भएको छ।
कम्पनी सञ्चालक समितिको मंगलबार (साउन २७ गते) को बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। यसर्थ उक्त आर्थिक वर्षका लागि कम्पनीका शेयरधनीहरूले नगद लाभांश र बोनस शेयर पाउने छैनन्।
उक्त आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका विवरणहरू पारित गरी स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरण समक्ष पेस गर्ने निर्णय पनि बैठकले गरेको छ।
29 Saun 2082, Bihibar 08:40 मा प्रकाशित
495
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar