घर बनाउँदै हुनुहुन्छ? ठेकेदार लगाउँदा ध्यान दिनुहोस यी ७ कुराहरूमा

काठमाडौँ।  के तपाईं घर बनाउँदै हुनुहुन्छ। यदि त्यसो हो भने घर बनाउँदा ठेकेदार लगाउँदा विशेष ध्यान दिन जरूरी छ। 

आजभोली घर बनाउने क्रममा सम्पूर्ण काम ठेकेदारलाई जिम्मा दिने चलन छ। त्यसैले निर्माण कार्यमा लाग्ने जनशक्तिको व्यवस्थापन र परिचालन ठेकेदार स्वयंमले गर्ने गर्दछ। 

यसरी काम भएता पनि घरधनिले निम्नअनुसारका कुराहरूमा विशेष सजग हुनुपर्छः

(१) उनीहरू नगरपालिका/गाँउपालिकामा सूचीकृत भएको हुनुपर्दछ। 

(२) घर बनाउने वा भूकम्प प्रतिरोधात्मक घर बनाउने तालिम अनिवार्य रूपमा लिएको हुनुपर्दछ। 

(३) निर्माण कार्य कहिले, कसले के काम गर्छ थाहा पाईराख्ने। 

(४) कुन काम कहिले सुरू हुन्छ भन्ने जानकारी राख्ने।

(५) सुपरीवेक्षण गर्ने योजना बनाउने र बेला बेलामा कामको प्रगति विवरण समेत लिन नभुल्ने।

(६) निर्माण कार्य जिम्मेवारी अनुसार भए नभएको यकिन गर्ने र केही समस्या भए त्यस बारेमा छलफल गर्ने।

(७) कामदारको व्यक्तिगत सुरक्षा र निर्माण गर्दा अपनाउने सुरक्षा विधिलाई अनिवार्य रूपमा अपनाउन निर्देशन दिने।

प्रतिक्रिया