काठमाडौँ। हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी प्रदेशका एक/दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
14 Ashwin 2081, Aaitabar 08:37 मा प्रकाशित
144