आजको मौसम अपडेट: पश्चिमी भू–भागमा वर्षाको सम्भावना, पूर्वी क्षेत्रमा आंशिक बदली

काठमाडौं। नेपालमा आज बिहानदेखि आंशिक बदलीको अवस्था देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशको पश्चिमी तथा मध्य भू–भागमा बदलीको अवस्था छ भने पूर्वी भागमा मौसम खुलेको देखिन्छ। दिनभरि प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने अनुमान गरिएको छ।

महाशाखाले जानकारी दिएको अनुसार, दोपहरतिर पश्चिमी भू–भागमा स्थानीय वायुको प्रभावका कारण वर्षा हुने सम्भावना छ। यस क्रममा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिक बदली देखी साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा देखी आंशिक बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षा भइरहेको छ।

देशका पहाडी तथा हिमाली क्षेत्रमा हावाहुरीको पनि सम्भावना रहेको छ। मधेस र तराई भू–भागमा भने गर्मी कायम रहनेछ। सामान्यतया, आजको तापक्रम काठमाडौं उपत्यकामा १७ देखि ३० डिग्री सेल्सियसको आसपास रहनेछ। 

हाल मनसुनको अवस्थाः अरब सागरको मध्य भू-भाग, साथै महाराष्ट्राका केही भू-भाग, मुम्बई, कर्नाटका, बेंगलुरु, तमिलनाडुको बाँकी रहेको भू-भाग, तेलाङ्गना र आन्ध्रा प्रदेशका केही भू-भाग, पश्चिम-मध्य र उत्तरी बंगालको खाडिको केही क्षेत्रका साथै त्रिपुरा, मनिपुर, नागाल्याड, अरुणाचल प्रदेश, आसाम र मेधालयका केही भू-भागसम्म मनसुनको आगमन भएको र बंगालको खाडी र उत्तरपूर्वी भू- भागका बाँकी भू-भाग तथा पश्चिम बंगाल र सिक्किमका केही भू-भागतर्फ मनसुन अगाडि बढने क्रममा रहेको छ।

प्रतिक्रिया