काठमाडौँ। हामीले आफ्नो घर बलियो बनाउन गुणस्तरीय निर्माण सामाग्रीहरुको प्रयोगमा ध्यान दिइरहेका हुन्छौं त्यसरी नै घरमा बसाई सुखद र शान्त बनाउनका लागि वास्तुशास्त्रदेखि आन्तरिक सजावटसम्मका कुराहरूलाई उत्तिकै ध्यान दिन जरूरी हुन्छ।
आवास/घर निर्माणका लागि भनेर खरिद गरिने जग्गाको बास्तु मिलेको हुनुपर्छ। घर बनाउँदा बास्तु मिलायो भने बसाई लाभदायक हुन्छ। गृह प्रवेशदेखि आन्तरिक सजावट, कोठाको निर्धारणसम्म हामीले बास्तुशास्त्रलाई ध्यान दिनुपर्छ।
बास्तु मिलेको घडेरी खरिद गरिसकेपछि सम्पुर्ण कुरा विचार गरेर पहिले शिलान्यासको मूहुर्तमा वास्तुविदसँग परामर्श लिनुपर्छ। हामीले शुभ मूहुर्तमा निर्माण कार्य थालनी गर्नुपर्छ।
मानिसको पञ्चतत्वसँग नजिकको सम्बन्ध भएकाले मानव जीवनलाई पञ्चतत्वले महत्वपूर्ण प्रभाव पार्दछ।
के हो त पञ्चतत्व?
१. भूमि
विभिन्न कोणबाट शुभ भूमि चयन गनुपर्दछ।
२. पानी/जल
पानी अर्थात जल भवनको निमार्णदेखि नै चाहिने भएकाले पानीको स्थान पूर्वोत्तर अर्थात ईशान कोणमा उचित मानिन्छ। ईनार कुवाका लागि ईशान कोणमा पानीको स्रोत बनाउनु शुभ हुन्छ।
पानीको स्रोतका लागि घर निर्माण सुरू गर्नुभन्दा पहिला नै पर्याप्त जग्गा छोड्नुपर्छ। ईशान्न कोणमा पानीको स्रोत निर्माण गर्न सम्भव छैन भने ट्यांकीको पानी ईशानमा झर्ने गरी धारो बनाउनुपर्छ।
३. वायु
प्राणिक ऊर्जा प्राणदायिनी शतिmको रूपमा वायुलाई बुझिन्छ। भौगोलिक बनावटका आधारमा घरभित्र शुद्द हावाको प्रवेशका लागि पश्चिमोत्तर वायव्य कोणमा खाली ठाउँ राख्नु आवश्यक मानिन्छ।
४. अग्नी
अग्नि (तेज) तीन प्रकारका हुन्छन्। सूर्यको प्रकाशलाई प्राकृतिक, जलबाट उत्पन्न हुनेलाई कृतिम र पेटभित्र रहने जठराग्नीलाई अग्नीको रूपमा परिभाषित गरिएको छ। अग्नीको स्थान आग्नेय कोण हो। भान्छा, जेनेरेटर, विधुतीय सामाग्रीहरू र तापसँग सम्बन्धित उपकरणहरु दक्षिणपूर्व आग्नेय कोणमा राख्नु शुभ हुन्छ।
५. आकाशः शब्दगुणकम्
आकाशले खुलापनलाई बुझाउँछ। ध्वनिलाई गति दिने र विस्तारित हुन सघाउने नै आकाश हो। घर निर्माण गर्दा चारैपट्टि खुला ठाउँ छाड्नु उपयुत हुन्छ। सुस्वास्थ, दीर्घायु र सुख–शान्तिका लागि घरको वरिपरि वृक्षारोपण गर्नु अत्यावश्यक छ।
शुद्द वायु, शुद्द पानी, शुद्द हावा , शुद्द माटो र शुद्द भूमि भएमा मात्र मावन जीवन सफल हुन्छ। जीवनमा सुखशान्ति र समृद्दिका लागि सम्पूर्ण तत्वको तालमेल मिलाएर बस्नु नै सफल जीवन हो।