काठमाडौँ। हिमालयन बैंक लिमिटेडले काठमाडौँको बत्तीसपुतली स्थित शाखा स्थानान्तरण गरेको छ।
बत्तीसपुतली स्थित शाखा साबिक भवन/स्थानबाट स्थानान्तरण गरी बत्तीसपुतली वडा नम्बर ९ स्थित राम मन्दिर जाने बाटोसँगै रहेको नेपाल राष्ट्रिय मारवाडी परिषद्को नयाँ भवनबाट बैङ्किङ सेवा शुभारम्भ गरिएको हो।
वैशाख १४ गतेदेखि उक्त शाखाबाट सम्पूर्ण बैङ्किङ सेवा प्रवाह भएको बैंकले जनाएको छ। उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले गरेका थिए। शाखाको शुभारम्भ कार्यक्रममा अन्य उच्चपदस्थ कर्मचारी तथा अतिथिहरूको उपस्थिति थियो।
हाल बैंकले नेपालभरि १७४ शाखा कार्यालय, २० विस्तारित काउन्टर, २८४ एटीएम, ८,००० भन्दा बढी पस टर्मिनल र १५,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रबाट आफ्ना ग्राहकलाई बैङ्किङ सेवा प्रदान गर्दै आइरहेको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar