काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक दरअनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३९ पैसा कायम गरिएको छ।
युरोपियन युरोको खरिददर १५५ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५६ रुपैयाँ १९ पैसा छ भने, युके पाउन्ड स्ट्रलिङको खरिददर १८१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८२ रुपैयाँ ३६ पैसा रहेको छ। स्विस फ्र्याङ्कको खरिददर १६७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १६८ रुपैयाँ १९ पैसा कायम भएको छ।
अन्य प्रमुख दरहरूमा अष्ट्रेलियन डलर ८७/२० खरिद र ८७/५८ बिक्री, क्यानेडियन डलर ९८/३० खरिद र ९८/७४ बिक्री, र सिंगापुर डलर १०४/१३ खरिद र १०४/५९ बिक्री रहेका छन्।
त्यस्तै, जापानी येन (१० को दरमा) ९/५९ खरिद र ९/६३ बिक्री, चिनियाँ युआन १८/७२ खरिद र १८/८१ बिक्री, तथा साउदी रियाल ३६/४५ खरिद र ३६/६१ बिक्रीमा कारोबार भइरहेको छ।
भारतिय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ।
नेपाल राष्ट्र बैंकले आवश्यकतानुसार विनिमय दरमा कुनै पनि समय संशोधन गर्न सकिने जानकारी गराएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar