नेपाल पनि एटमोसफेर कोर हस्पिटालिटीको विश्वव्यापी सञ्जालमा थपियो

काठमाडौँ । बनेपा स्थित आरन्य नेचर रिसोर्टको व्यवस्थापन दक्षीण एसियाकै चर्चित एटमोसफेर कोरको हस्पीटालिटिले गर्ने भएको छ । लस्ट होराइजन जंगल रिसोर्ट लि. को साझेदारीमा बन्दै गरेको आरन्य नेचर रिसोर्ट सन् २०२५ को अन्त तिर एटमोसफेर कोरको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको हो। समुद्री सतहबाट ५००० फिटको उचाईमा रहेको बनेपा, नेपालको पुरानो शहर हो। २५ एकड जमिनमा फैलिएको यो रिसोर्ट बाट मौसम सफा भएको बेलामा सगरमाथा लगाएत अन्य हिमालहरु र मनोरम पहाडहरुको दृश्य अवलोकन गर्न सकिन्छ ।

काठमाडौंमा भएको व्यवस्थापन सम्झौता कार्यक्रममा एटमोसफेर कोर ग्रुपकै प्रवन्ध निर्देशक सलिल पनिग्राहीज्यूले नेपाल दक्षीण एरियाको विलासी पर्यटकिय गन्तव्यको रुपमा अघि बढिरहेको र ग्राहकहरु जहिल्यै नयाँ नयाँ रोमान्चित गन्तब्यहरुको खोजीमा रहन्छन् भन्नु भयो। हाम्रो सोच अनुसार अत्यन्तै राम्रो नयाँ गन्तव्य हाम्रा उच्च स्तरीय ग्राहकहरुलाई पस्कन पाउँदा ज्यादै हर्षित बनाएको कुरा उक्त कार्यक्रममा नेपाल, भारत, श्रीलंका र भुटानका एटमोसफेर कोरका प्रवन्ध निर्देशक सौभाग्य महोपत्राज्यूले थप्नु भयो । आरन्य नेचर रिसोर्ट प्रकृति र नेपाललाई नजिकबाट अनुभव गर्न सकिने रिसोर्ट हो ।

लस्ट होराइजन जंगल रिसोर्ट लि. का अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले एटमोसफेर कोर सँग साझेदारी गर्नु स्वाभाविक भएको, उहाँहरुको आतिथ्यताको दुष्टिकोण, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको ग्राहक सेवा र लामो अनुभवले ठ्या‌क्कै हामीले आरन्य रिसोर्ट संचालन गर्ने परिकल्पना गरे अनुसारनै मिलेको कुरा बताउनु भयो । हाम्रो रिसोर्ट नमोबुद्ध, बनेपामा रहेको थ्रान्गु ताशी याइत्से गुम्बा नजिकै रहेकोले एउटा मनोमोहक गन्तव्यको रुपमा इतिहास, अध्यात्म र प्राकृक्तिक सौन्दर्यलाई नजिकैबाट नियाल्न सकिन्छ ।

यस रिसोर्टमा मनोमहक दृष्य हेर्न मिल्ने ठूला ठूला झयाल सहितको ५१ वटा आकर्षक डिजाइनका कटेज र स्वीटस्हरु हुनेछन् । आकर्षक स्वीमिङ्ग पुलको सुविधाले हरेक किसिमका आगन्तुकहरुलाई लोभ्याउने छ भने बालबालिकाहरुका लागि छुट्टै किड्स क्लब पनि हुनेछ ।

प्रतिक्रिया