काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ।
यस बैंकको शुक्रबार, पुस २६ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो। साविक नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक मर्ज भएर बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले हालसम्म सेयरधनीलाई कुनै लाभांश वितरण गरेको छैन।
27 Poush 2081, Shukrabar 10:37 मा प्रकाशित
62