काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर १ सय ६० रूपैयाँ र बिक्री दर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ।
केन्द्रीय बैंकले तोकेको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ बढ्नुका साथै आज अधिकांश विदेशी मुद्राको भाउ वृद्धि भएको हो।
अमेरिकी डलर एकको खरिद दर १३७ रूपैयाँ ३ पैसा र बिक्री दर १३७ रूपैयाँ ६३ पैसा रहेको छ। युरोपियन युरो एकको खरिद दर १४२ रूपैयाँ ६८ पैसा र बिक्री दर १४३ रूपैयाँ ३१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिद दर १७१ रूपैयाँ ७८ पैसा, बिक्री दर १७२ रूपैयाँ ५३ पैसा, स्विस फ्र्याङ्क एकको खरिद दर १५१ रूपैयाँ ९१ पैसा र बिक्री दर १५२ रूपैयाँ ५७ पैसा रहेको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रूपैयाँ ८ पैसा र बिक्री दर ८६ रूपैयाँ ९ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९५ रूपैयाँ ६७ पैसा र बिक्री दर ९६ रूपैयाँ ९ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०० रूपैयाँ ६९ पैसा र बिक्री दर १०१ रूपैयाँ १३ पैसा रहेको छ।
त्यसैगरी, जापानी येन १० को खरिद दर ८ रूपैयाँ ७१ पैसा र बिक्रीदर आठ रूपैयाँ ७५ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रूपैयाँ ७१ पैसा र बिक्री दर १८ रूपैयाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रूपैयाँ ४९ पैसा र बिक्री दर ३६ रूपैयाँ ६५ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रूपैयाँ ५९ पैसा र बिक्री दर ३७ रूपैयाँ ७५ पैसा रहेको छ।
त्यस्तै, थाई भाट एकको खरिद दर ३ रूपैयाँ ९८ पैसा र बिक्री दर ३ रूपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिद दर ३७ रूपैयाँ ३१ पैसा र बिक्री दर ३७ रूपैयाँ ४७ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३० रूपैयाँ ३८ पैसा र बिक्री दर ३० रूपैयाँ ५१ पैसा रहेको छ।
साउथ कोरियन वन १ सयको खरिद दर ९ रूपैयाँ ४० पैसा र बिक्री दर ९ रूपैयाँ ४४ पैसा, स्विडिस क्रोनर एकको खरिद दर १२ रूपैयाँ ४५ पैसा र बिक्री दर १२ रूपैयाँ ५१ पैसा र डेनिस क्रोनर एकको खरिद दर १९ रूपैयाँ १३ पैसा र बिक्री दर १९ रूपैयाँ २२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar