काठमाडौं। नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमाण्डुले नयाँ वर्ष २०८२ को उपलक्ष्यमा ‘नयाँ वर्ष फिस्ट’ नामक रोमाञ्चक क्याम्पेन सार्वजनिक गरेको छ। यो क्याम्पेन चैत २५ गतेदेखि वैशाख ७ गतेसम्म सञ्चालनमा रहनेछ।
कम्पनीका अनुसार यस अवधिमा ग्राहकहरूले फुडमाण्डुको मोबाइल एपमार्फत विभिन्न विशेष अफरहरूको लाभ लिन सक्नेछन्। क्याम्पेन अन्तर्गत मनपर्ने रेस्टुरेन्टहरूबाट अर्डर गर्दा ८२% सम्मको छुट, रु. ८२ मा विशेष फ्ल्यास आइटमहरू, पार्टी प्याक, क्युरेटेड मिल कम्बो, लोकप्रिय खानामा फ्ल्याट डिस्काउन्ट, तथा ‘Buy One Get One Free’ अफर उपलब्ध गराइनेछ।
‘फुडमाण्डुको साथ, बबाल हुँदैछ वर्षको अन्त्य र सुरुवात’ भन्ने ट्यागलाइनसहित सुरू गरिएको यो क्याम्पेनले नेपाली नयाँ वर्षलाई उत्सवमय र स्वादिष्ट बनाउने लक्ष्य राखेको फुडमाण्डुले जनाएको छ।
कम्पनीकी ब्रान्ड एन्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराईका अनुसार, “नयाँ वर्ष रमाइलो गर्ने समय हो र रमाइलोमा स्वादिलो खानाको विशेष भूमिका हुन्छ। यस क्याम्पेनमार्फत हामी ग्राहकको नयाँ वर्षलाई अझ रमाइलो र सम्झनलायक बनाउने प्रयासमा छौं।”
काठमाडौं उपत्यका, पोखरा, चितवन र बुटवल क्षेत्रलाई समेट्ने फुडमाण्डु हाल १,००० भन्दा बढी रेस्टुरेन्टहरूसँगको साझेदारी सहित गुणस्तरीय र भरपर्दो डेलिभरी सेवा प्रदान गर्दै आएको छ।
कम्पनीले यस क्याम्पेनमार्फत ग्राहकहरूलाई परिवार, साथीभाइसँग नयाँ वर्षको रमाइलो गर्न थप अवसरहरू प्रदान गर्ने विश्वास लिएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar