काठमाडौँ | १३ साउन: काठमाडौँको स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुनको मूल्य प्रतितोला रु एक हजारले वृद्धि भई आज रु एक लाख ४५ हजार सात सय पुगेको छ। शुक्रबार छापावाला सुनको मूल्य रु एक लाख ४४ हजार सात सय थियो।
तेजाबी सुनको मूल्य पनि प्रतितोला रु एक हजारले वृद्धि भई आजका लागि रु एक लाख ४५ हजार निर्धारण भएको छ। यसअघि, शुक्रबार तेजाबी सुनको मूल्य रु एक लाख ४४ हजारमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला रु १० ले वृद्धि भएको छ। शुक्रबार प्रतितोला रु एक हजार सात सय ३० मा कारोबार भएको चाँदी आजका लागि रु एक हजार सात सय ४० निर्धारण भएको छ।
12 Saun 2081, Aaitabar 12:21 मा प्रकाशित
375
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar