काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ भने लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतः सफा रहेको छ। हाल सुदूरपश्चिम प्रदेशको केही स्थानमा हल्का वर्षा भइरहेको छ।
मङ्गलबार दिउँसो कर्णाली, सुदूरपश्चिम, कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने अन्य ठाउँमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ। सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।
बुधबार र बिहीबारको मौसम पूर्वानुमान
बुधबार: कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ, बाँकी भूभागमा मौसम सफा रहनेछ।
बिहीबार: देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम सफा रहनेछ।
हवाई तथा सडक यातायात प्रभावित हुनसक्ने
मौसमविद्हरूका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ। यसले गर्दा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पार्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar