काठमाडौँ। नागढुंगा-नौबिसे सडक आज (सोमबार) देखि राति ४ घण्टा बन्द हुने भएको छ।
त्रिभुवन राजपथको नागढुंगा–पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले सडक बन्द गरिने भएको हो। नागढुंगा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले एक सूचना जार्दै सोमबारदेखि वैशाख ३१ गते सम्म राति ११ बजे देखि ३ बजेसम्म सवारी आवागमन बन्द गरिने जनाएको हो। काठमाडौँबाट जाने सवारीसाधन नागढुंगा चेकपोस्टमा रोकिने र नौबिसेबाट काठमाडौँतर्फ आउने सवारीसाधन खत्रपौवा पुलमा रोकिने जनाइएको छ।
रोकिएका सबै सवारीसाधनलाई बिहान ३ बजेपछि मात्र छाडिने जनाइएको छ। एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने निर्वाध रूपमा सञ्चालन हुने सूचनामा उल्लेख छ। आयोजनाले सीतापाइला–भीमढुंगा–रामकोट–धार्के सडक तथा सामाखुशी–टोखा–गुर्जेभञ्ज्याङ छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न पनि अनुरोध गरेको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar