काठमाडौँ। समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव सहित वार्षिक साधारण सभा आह्वान गरेको छ।
कम्पनीले आगामी फागुन ११ गते साधारण सभा गर्ने भएको हो। सभा मिरावल रिसोर्ट एन्ड होटल, धुलिखेल, काभ्रेपलकाञ्चोकमा बिहान साढे ११ बजे सुरू हुनेछ। सभामा संस्थाले ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ।
आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल हुनेछ। त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ। साथै, अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव समेत रहेको छ।
यसका साथै, सभा प्रयोजनका लागि संस्थाले माघ २४ गते बुक क्लोज गर्ने तयारी गरेको छ। तसर्थ माघ २३ गतेसम्म कायम रहने सेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन्।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar