टाटा मोटर्सको नयाँ इलेक्ट्रिक SUV Curvv.EV नेपालमा लन्च, जान्नुहोस् विशेषताहरू

काठमाडौं। भारतीय गाडी निर्माता कम्पनी टाटा मोटर्सले आफ्नो नयाँ प्रिमियम इलेक्ट्रिक एसयूभी SUV Curvv.EV नेपाली बजारमा भित्र्याएको छ। आधुनिक डिजाइन, स्मार्ट फिचर, तथा उन्नत प्रविधि सहित आएको यो एसयूभी नेपाली ग्राहकहरूका लागि आकर्षक विकल्प बन्ने अनुमान गरिएको छ।

SUV Curvv.EV मा शक्तिशाली इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले सहरको दैनिक यात्रा देखि लामो दुरीसम्म सहज र कुशल ड्राइभिङ अनुभव प्रदान गर्छ। कम्पनीका अनुसार, यो एसयूभीले ३८० किलोमिटर सम्मको रेन्ज प्रदान गर्न सक्छ, जसले यसलाई नेपालको पहाडी भूगोलमा पनि उपयुक्त बनाउँछ।

टाटा मोटर्सले Curvv.EV मा लक्जरी फिनिशिङ सहितका प्रिमियम इन्टेरियर प्रदान गरेको छ। यसमा रहेको पानोरमिक सनरूफ, फुल डिजिटल इन्फोटेनमेन्ट सिस्टम, तथा एडभान्स्ड ड्राइभर असिस्ट सिस्टम (ADAS) ले गाडीलाई अझ आधुनिक र सुरक्षित बनाएको छ।

SUV Curvv.EV को सुरुवाती मूल्य ५६.९९ लाख रुपैयाँ तोकिएको छ। टाटा मोटर्स नेपालका अनुसार, सबै प्रमुख सहरहरूमा टाटा शोरुमहरू मार्फत यो गाडी बुकिङ र टेस्ट ड्राइभका लागि उपलब्ध भइसकेको छ।

SUV Curvv.EV को लन्च कार्यक्रममा टाटा मोटर्स नेपालका प्रमुख कार्यकारी अधिकृतले भने, “SUV Curvv.EV ले स्मार्ट, लक्जरी, र इलेक्ट्रिक ड्राइभिङको नयाँ युग सुरु गर्नेछ। हाम्रो उद्देश्य भनेको नेपाली ग्राहकलाई अत्याधुनिक, पर्यावरणमैत्री र उत्कृष्ट प्रदर्शन दिने एसयूभी प्रदान गर्नु हो।

SUV Curvv.EV नेपाली बजारमा प्रिमियम इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा बलियो प्रतिस्पर्धी बन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया