काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित छ।
बुधबार कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा अधिकांश बदली रही बाँकी भूभागमा साधरणतया बदली छ। मधेश प्रदेशका एकदुई स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा अधिकांश बदली रही बाँकी भूभागमा साधरणतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेशको पहाडी भूभागका केही तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
राति देशभर साधरणतया बदली रहनेछ। कोशी र मधेश प्रदेशका केही तथा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
देशभर मनसुन सक्रिय रहँदा कोशी र सुदूरपश्चिम प्रदेशकामा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar