देशभरको मौसम अपडेट: पहाडी क्षेत्रमा आंशिक बदली, उच्च पहाडमा हिमपातको सम्भावना

weather forecast

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। देशका अधिकांश भूभागमा मौसम सफा रहे पनि पहाडी क्षेत्रमा आंशिक बदली देखिएको छ।

आज सोमबार दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।

आज राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात हुन सक्ने सम्भावना रहेको छ।

मङ्गलबार सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी क्षेत्रमा आंशिकदेखि साधारण बदली रहनेछ भने बाँकी भूभागमा मौसम सफा रहने अनुमान गरिएको छ।

साथै, सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। मौसम विज्ञान विभागले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रतिक्रिया