काठमाडौँ । युनाइटेड सिमेन्ट्स लिमिटेड र धुनिवेशी नगरपालिका वडा नं. ९ को सहकार्यमा सञ्चालित निशुल्क तीन महिने आधारभूत र दुई महिने एडभान्स् सिलाई–कटाई तालिम कार्यक्रमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। तालिममा सहभागी भएका ४२ जना स्थानीय महिलाहरूले प्रमाणपत्र प्राप्त गरेका छन्।
धुनिवेशी नगरपालिका वडा नं. ९, जुगेडीस्थित केएल दुगड समूह अन्तर्गतको युनाइटेड सिमेन्ट्स लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत महिलाहरूलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित तालिम सञ्चालन गरेको हो। २०८१ मंसिर १६ गतेदेखि २०८२ वैशाख २२ गतेसम्म सञ्चालन गरिएको तालिमले महिलाहरूको आर्थिक सशक्तिकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
कार्यक्रमको उद्घाटन गर्दै कम्पनीका महाप्रबन्धक हरि कुमार उप्रेतीले व्यवसायिक लक्ष्यसँगै सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्ने नीति अन्तर्गत यस्तो तालिमले महिलामा आत्मविश्वास अभिवृद्धि गर्दै आयआर्जनका अवसर सृजना गर्ने उल्लेख गर्नुभयो।
त्यस्तै, कार्यक्रमका सभापति तथा वडा अध्यक्ष श्री माधव प्रसाद सिलवालले तालिमबाट महिलाहरूको जीवनस्तर सुधार र आर्थिक सशक्तीकरण हुने आशा व्यक्त गर्दै युनाइटेड सिमेन्ट्सलाई धन्यवाद दिनुभयो। प्रमुख अतिथि नगर प्रमुख श्री बालकृष्ण आचार्यको उपस्थिति रहेको उक्त कार्यक्रममा स्थानीय स्तरमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरियो।
युनाइटेड सिमेन्ट्स लिमिटेडले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar