काठमाडौँ। ‘युनियनपे नेपाल फिनटेक फेस्टिवल–२०२५’सम्पन्न भएको छ।
नेपालमा अन्तर्राष्ट्रिय स्तरको फिनटेकको विकास गर्ने उद्देश्यसहित काठमाडौँ फिनटेक र फिनटेक अलायन्स नेपालको सहकार्यमा आयोजित उक्त फिनटेक महोत्सव गत बिहीबार काठमाडौँमा भएको हो।
कार्यक्रमले नेपाललाई विश्व फिनटेक मञ्चमा उभ्याउन सफल भएको आयोजक संस्थाहरुको भनाइ छ। कार्यक्रममा नेपाल तथा अन्तर्राष्ट्रिय स्तरका वित्तीय संस्था, प्रविधि कम्पनी, नियामक निकाय र फिनटेक नेतृत्व गरी करिब ४ सय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
नेपाल फिनटेक फेस्टिवलको अवधारणा काठमाडौँ फिनटेकका संस्थापक संजिव सुव्बाले ल्याएका हुन्। यसको उद्देश्य रणनीतिक संवादलाई उत्प्रेरित गर्ने, नवीनतम प्रविधिहरूको प्रदर्शनी गर्ने र नेपालमा वित्तीय क्षेत्रको डिजिटल रूपान्तरणलाई तिव्रता दिदै नेपालको फिनटेकलाई विश्व मञ्चमा दरिलो उपस्थिति गराउने रहेको थियो।
‘कार्यक्रमको मूल उद्देश्य नेपाललाई विश्व फिनटेक नक्शामा स्थापित गर्नु हो। दक्षिण एसियामा भारतबाहेक यति ठूलो राष्ट्रिय फिनटेक कार्यक्रम आयोजना गर्ने नेपाल दोस्रो मुलुक बनेको छ,’ उनले भने।
कार्यक्रममा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) निलेशमान सिंह प्रधान, मुक्तिनाथ विकास बैंकका सीईओ प्रद्युम्न पोखरेल र नेपाल बैंकर्स संघका उपाध्यक्ष सुरेन्द्रराज रेग्मीले मन्तव्य दिएका थिए।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई डिजिटल भुक्तानीको विकासमा योगदान पुर्याएको भन्दै फिनटेक अलायन्स नेपाल र काठमाडौं फिनटेकद्वारा संयुक्तरूपमा सम्मान पनि गरिएको थियो।
यसैगरी, सिंगापुर स्थित डीबीएस बैंकका पूर्वचिफ इनोभेशन अफिसर नील क्रसले सफल डिजिटल र सांस्कृतिक रूपान्तरणबारे मन्तव्य दिएका थिए।
यूनियनपे साउथ एशिया ब्रान्चका प्रमुख बिङहान हूको कि–नोट मन्तव्य दिएका थिए। साथै, उनले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडसँग ‘कार्ड इशुएन्स’ सम्झौता गरिएको थियो।
स्तै, कार्यक्रममा डिजिटल बैंकिङ, साझेदारी रणनीति, क्यूआर प्रणाली पछिका नविनतम फिनटेक र वित्तीय सेवामा कृत्रिम बौद्धिकता (एआई) को भूमिका विषयमा प्यानल छलफल गरिएको थियो।
यस्तै, भारत स्थित सूर्योदय स्मल फाइनान्स बैंकका बोर्ड सदस्य तथा कोटक महिन्द्रा बैंकका पूर्वसिडियो दीपक शर्माले भारतको डिजिटल बैंकिङको विकासबारे प्रस्तुती दिए।
कार्यक्रमलाई एनएमबीका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे, नबिल बैंकका कामु प्रमुख अधिकृत मनोज घिमिरे, मुक्तिनाथ बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र ग्लोबल आईएमई बैंकका डेपुटी प्रमुख सुमन पोखरेलले सम्बोधन गरेका थिए।
नेपाल फिनटेक फेस्टिवल–२०२५ ले नेपालालई दक्षिण एसियाली फिनटेक संवादको अग्रणी केन्द्र बनाउने दिशामा अगाडि बढाएको आयोजकको भनाइ छ। कार्यक्रमलाई नेपाल क्लियरिङ हाउसले प्रायोजन गरेको थियो। कार्यक्रममा ग्लोबल फिनटेक अलायन्स, एशिया फिनटेक अलायन्स, ग्लोबल फिनटेक आयोजकको रूपमा थिए।
यस्तै, फिनटेक कन्भर्जेन्स काउन्सिल, इन्टरनेशनल डिजिटल इकोनोमीज एसोसिएसन, इन्डियन फाइनान्सियल फोरम र पीएसपी एसोसिएसन लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोग रहेको थियो।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar