बुधबार सुनको भाउ तोलामा रू. ९०० बढ्यो, चाँदी पनि महँगियो

gold price update

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य वृद्धि भएको छ। मंगलबारको तुलनामा सुन तोलामा रू. ९०० ले बढेर रू. १,७०,४०० पुगेको छ।

यसअघि मंगलबार छापावाल सुनको मूल्य रू. १,६९,५०० प्रतितोला रहेको थियो। चाँदीको मूल्य पनि रू. १० ले वृद्धि भई प्रतितोला रू. १,९५० पुगेको छ। मंगलबार चाँदीको भाउ रू. १,९४० प्रतितोला कायम गरिएको थियो।

सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण परिवर्तन हुने गरेको व्यवसायीहरू बताउँछन्।


प्रतिक्रिया