आजको विदेशी मुद्रा विनिमय दर: अमेरिकी डलरको दर १३६.६५ रुपैयाँ, युरो र पाउन्ड स्टर्लिङ्गमा पनि बढोत्तरी

foreign exchange

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार, २०८२ जेठ ११ गतेका लागि तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार १ अमेरिकी डलरको खरिद दर १३६.०५ रुपैयाँ र बिक्री दर १३६.६५ रुपैयाँ कायम भएको छ। युरोपेली युरोको खरिद दर १५४.५१ रुपैयाँ र बिक्री दर १५५.१९ रुपैयाँ पुगेको छ भने बेलायती पाउन्ड स्टर्लिङ्गको खरिद दर १८३.६७ रुपैयाँ र बिक्री दर १८४.४८ रुपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, स्वीस फ्र्याङ्क १६४.८५ रुपैयाँमा खरिद र १६५.५८ रुपैयाँमा बिक्री भइरहेको छ। अष्ट्रेलियन डलर ८७.९४ रुपैयाँमा खरिद र ८८.३३ रुपैयाँमा बिक्री भइरहेको छ। क्यानाडियन डलरको खरिद दर ९८.५० रुपैयाँ र बिक्री दर ९८.९३ रुपैयाँमा छ।

जापानी येन (१० येन) को खरिद दर ९.५० रुपैयाँ र बिक्री दर ९.५४ रुपैयाँ छ भने चिनियाँ युआनको खरिद दर १८.९४ रुपैयाँ र बिक्री दर १९.०२ रुपैयाँ पुगेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार यी दरहरू बैंकहरूले आ-आफ्नो लेनदेन दरमा केही फरक हुन सक्छन्। मुद्रा सटही गर्दा ग्राहकहरूले नयाँ दरको जानकारी लिन सल्लाह दिइएको छ।

प्रतिक्रिया