काठमाडौँ । आज मंगलबार देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भागको उत्तरतर्फ अवस्थित भएकाले अधिकांश भू-भागमा बदली र वर्षा भइरहेको छ। हाल देशभर अधिकांश स्थानमा बदली रहेको छ भने लुम्बिनी, मधेश, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरैजसो स्थानहरूमा तथा कोशी र बागमती प्रदेशका केही भागहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराई भू-भागहरूमा दिउँसो र राति अधिकांश स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ भने विशेषगरी लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी तथा तराई भागहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।
अगामी २४ घण्टाका लागि मौसम पूर्वानुमान हेर्दा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। त्यसैले बाढी, पहिरो तथा नदी नालामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क रहन अनुरोध गरिएको छ।
मनसुन अझै सक्रिय रहने पूर्वानुमान भएकाले बाढी, पहिरो, सडक अबरुद्ध तथा नदी नाला बढ्ने जस्ता सम्भावित जोखिमलाई ध्यानमा राखी सर्वसाधारण तथा सम्बन्धित निकायहरूलाई सतर्कता अपनाउन तथा मौसम अपडेटमा सूचित रहन अनुरोध गरिन्छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar