काठमाडौँ। हामीले घरजग्गा खरिद बिक्री गरिरहेका हुन्छौँ र सो सम्बन्धमा केही कानूनी कुराहरूलाई पनि बुझ्न जरूरी हुन्छ। यो लेखमा आज हामी छुट जग्गा दर्ताको बारेमा जानकारी दिने छौँ।
सामान्यतया “जग्गा” भन्नाले जमीन, खेतबारी, जुनसुकै जग्गा र त्यसमा स्थायी रूपले रहेको घर, टहरा, इमारत, बाग बगैँचा, रूख, कारखाना, ताल पोखरी आदि तथा त्यसमा स्थायी रूपले जोडिएको कुराहरू समेत भएको खेत, बारीको समुदाय वा खेतबारीको समष्टी रूपलाई बुझाउँछ। यसका साथै जग्गा नापजाँच ऐन, २०१९, जग्गा प्राप्ती ऐन २०३४,सार्वजनिक सडक ऐन २०३१, नगरविकास ऐन २०४५, काठमाडौँ उपत्यका विकास प्राधिकरण ऐन २०४५ का अनुसार जग्गा जमीन भन्नाले कसैको हकभोगमा रहेको वा रहन सक्ने आवादी जन्य व्यहोरा जनाउने जुनसुकै जग्गा र त्यसमा स्थायी रूपमा जडान भएको जुनसुकै वस्तुलाई जनाउँछ।
छुट जग्गा दर्ता भनेको के हो?
दर्ता भन्नाले दर्ने काम, चढाउने काम, बही वा रजिस्टर आदिमा जनाउने काम र दर्ता हुने शब्दले दर्ता गरिनु, नाम पर्नु, दर्जिनु भन्ने बुझिन्छ।
यस्ता छन् छुट जग्गा दर्ताको प्रकार
क) रैकरमा,
ख) विर्ता
ग) गुठी
(क) रैकरमा जग्गाहरू भन्नाले सुरूको नापी हुनुभन्दा अघि साविकमा दर्ता, तिरो र भोग भएको जग्गा, जग्गा (नापजाँंच) ऐन, २०१९ बमोजिम नाप–नक्सा भई वा नभई छुट हुन गएका जग्गाहरू पर्दछन् भने यस अन्तरगत निजी गुठी जग्गा समेत पर्दछन्।
(ख) विर्ता जग्गा भन्नाले विर्ता उन्मूलन ऐन २०१६ र विर्ता उन्मूलन नियमावली २०१७ बमोजिम कारवाही गर्नु पर्ने प्रकृतिका जग्गाहरू यस अन्र्तगत पर्दछन्।
ग) गुठी जग्गाहरू भन्नाले राजगुठी अन्तरगतका सबै प्रकृतिका जग्गाहरू पर्दछन् जस्तै गुठी नम्बरी, गुठी तैनाथी, गुठी
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar