ललितपुर। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथसँगै मीननाथको रथ बिहीबार अपराह्न ललितपुर महानगरपालिका–६ ईतिटोलबाट तानेर कुमारीपाटी हुँदै जावलाखेल पुर्याइएको छ। यहाँ पुर्याएपश्चात् ४ दिनपछि भोटो जात्रा देखाउने गरिन्छ।
रातो मच्छिन्द्रनाथको रथ यात्राको पहिलो दिन पुल्चोकबाट गाःबहालमा पुर्याइएको थियो।
रातो मच्छिन्द्रनाथको रथ यात्रा ललितपुर उपत्यकाको सबैभन्दा भव्यता साथ मनाइने महत्त्वपूर्ण तथ लामो जात्राका रूपमा लिइन्छ।
पौराणिक किंवदन्तीअनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्रा सुरु गराएका थिए। रथलाई गाःबहाल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेल लगिने गरिन्छ।
15 Jestha 2082, Bihibar 10:09 मा प्रकाशित
337
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar