काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभर हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ। विभागका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था छ भने कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाले आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जनाएको छ। साथै, पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।
आज राति पनि देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका केही पहाडी भागहरूमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ।
महाशाखाले नागरिकहरूलाई सम्भावित वर्षा, चट्याङ् तथा हिमपातबाट सतर्क रहन आग्रह गरेको छ, विशेषतः कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar