तिहारमा कुन दिन कतिवटा दियो बाल्ने? यस्तो छ दियोको महत्त्व

काठमाडौँ।  दिपावलीमा दियो बाल्ने चलन केवल परम्परा मात्र होइन। यसले हिन्दु संस्कृति र प्रतीकात्मकताको गहिरो अर्थ बोकेको छ। 

दिपावलीका प्रत्येक दिनको छुट्टै महत्त्व रहेको छ। हरेक अवसरमा विशेष संख्यामा दियो बाल्ने गरिन्छ। दियो बाल्ने परम्परा ठाउँअनुसार र समुदाय अनुसार फरक/फरक हुन सक्छ।

दिपावलीको कुन दिन कतिवटा दियो बाल्ने भन्ने बारेमा चर्चा यहाँ गरिएको छः

धनतेरसमा १३ वटा दियो बाल्नेः

धनतेरसका दिन १३ वटा दियो बाल्ने गरिन्छ। यसरी दियो बाल्दा जीवनमा सम्पन्नता र आर्थिक समृद्धि ल्याउने विश्वास गरिन्छ। हिन्दु परम्परामा यो संख्या शुभ मानिन्छ। यसले धन, वृद्धि, र देवी लक्ष्मीको कृपा प्राप्त हुन्छ। 

नरक चतुर्दशीमा १४ दियो बाल्नेः

नरक चतुर्दशी, जसलाई सानो दिपावली पनि भनिन्छ। यस दिन १४ वटा दियो बाल्नाले नकारात्मकता र अशुभ शक्तिलाई टाढा राख्ने परम्परा रहेको छ। हिन्दु धर्मशास्त्र अनुसार १४ संख्या १४ लोकहरूको प्रतीक हो। र १४ दियो बाल्दा वातावरण शुद्ध हुने गर्ने र शान्ति तथा सकारात्मकता ल्याउने विश्वास रहिआएको छ।

लक्ष्मी पूजाको रात ५ वटा दियो बाल्नेः

दिपावलीको मुख्य रातमा देवी लक्ष्मीलाई स्वागत गर्न ५ वटा दियो बालिन्छ। यस रातमा प्रत्येक दियोले समृद्धि र खुसीका विभिन्न पक्षहरूलाई प्रतिनिधित्व गर्दछ। यो परम्पराले घरमा सुख, समृद्धि र शान्ति ल्याउने विश्वास गरिन्छ।

गोवर्धन पूजामा एउटा दियो बाल्नेः

गोवर्धन पूजाका दिन एउटा दियो बालिन्छ, जसले राम्रो पक्षले नराम्रो पक्षलाई जितेको संकेत गर्दछ। यो दियो विशेषगरी भगवान कृष्णले देवराज इन्द्रलाई परास्त गरेको विजयको प्रतीकको रूपमा मानिन्छ। यसले विश्वासको शक्ति र एकताको महत्वलाई झल्काउँछ।

भाइ टीकामा २ वटा दियो बाल्नेः

भाइ टीकाको दिन २ वटा दियो बालिन्छ। जसले दाजुभाइ र दिदीबहिनीबीचको स्नेह भावलाई सङ्केत गर्छ। एउटा दियो दाजुभाइको प्रेम र रक्षा प्रतीक हो भने अर्को दियो दिदीबहिनीको दीर्घायु र स्वास्थ्य कामनाको प्रतीक हो। यसले माइति र चेलीको सम्बन्धलाई थप मजबुत बनाउँछ र पारस्परिक स्नेह र माया दर्शाउँछ।

प्रतिक्रिया