काठमाडौँ। बागमती सहित चार प्रदेशका पहाडी भूभागमा मंगलबार हल्का वर्षाको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। बाँकी भूभागका एकदुई स्थानमा पनि वर्षाको सम्भावना रहेको जनाएको छ।
पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभावले हाल पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम आंशिक बदली देखी मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।
26 Chaitra 2081, Mangalbar 07:52 मा प्रकाशित
268
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar