काठमाडौँ। सार्वजनिक यातायातको विकल्पका रूपमा शहरी क्षेत्रमा लोकप्रिय बन्दै गएको इनड्राइभ सेवा अन्तर्गत कम्पनीले उत्कृष्ट चालकहरूलाई प्लाटिनम ड्राइभर्सको उपाधि प्रदान गर्दै आकर्षक पुरस्कार वितरण गरेको छ।
एक विशेष कार्यक्रममा सेवा उत्कृष्टताका आधारमा छनोट गरिएका राइडरहरूलाई सम्मान गरिएको हो। कम्पनीले मोबाइल, मोटरसाइकल र गाडी पुरस्कार स्वरूप वितरण गरेको थियो।
मोबाइल फोन पुरस्कार तीन जना चालकहरूले प्राप्त गरेका छन्। मोटरसाइकल जित्नेमा जित थापा तथा टाटा कम्पनीको गाडी जित्नेमा सुभराज सुवाल विजेता बनेका छन्।
इन ड्राइभर कम्पनीले यो कार्यक्रम उत्कृष्ट सेवा प्रवाह गर्ने चालकहरूको मनोबल बढाउने र सेवाको गुणस्तर अझ सुधार गर्ने उद्देश्यले आयोजना गरेको जनाएको छ।
15 Saun 2082, Bihibar 09:52 मा प्रकाशित
211