काठमाडौँ। आज दिउँसो देशभरको मौसम सामान्यतया सफा रहने मौसम विभागले जनाएको छ। आज राति गण्डकी र सुदुरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेको छ।
महाशाखाका अनुसार मङ्गलबार देशको गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। बुधबार कोशी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेको छ भने अन्य प्रदेशको मौसम सफा रहने विभागले जनाएको छ।
त्यस्तै, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरूमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन, समेत विभागले आग्रह गरेको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar