देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

weather forecast

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा मौसम सामान्यदेखि अधिकांश बदली रहँदा अन्य भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको छ । दिउँसो पनि यी प्रदेशहरूमा अधिकांश स्थानमा बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, लुम्बिनी, गण्डकी तथा देशका अन्य पहाडी भूभागका केही स्थानहरूमा समेत चट्याङसहित हल्का वर्षा हुनसक्ने छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा तथा अन्य प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

आज राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने छ । त्यस्तै, देशका अन्य पहाडी भूभागका केही स्थानमा पनि चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले वर्षा तथा हिमपातका कारण यात्रा गर्नेहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया