काठमाडौँ। आज मंगलबार (बैसाख २ गते) का लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्रि दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज बैशाख २ गते मंगलबार अमेरिकी डलर एकको खरिद दर १३७ रूपैयाँ ३७ पैसा र बिक्रि दर १३७ रूपैयाँ ९७ पैसा रहेको छ। शनिबार देखि अमेरिकी डलर यहि भाउमा कारोबार हुँदै आएको छ।
त्यस्तै, युरोपिएन युरो एकको खरिद दर १५६ रूपैयाँ ४६ पैसा र बिक्री दर १५७ रूपैयाँ १४ पैसा रहेको छ। युके पाउण्ड स्टर्लिङ एकको खरिद दर १८१ रूपैयाँ २७ पैसा र बिक्री दर १८२ रूपैयाँ ७ पैसा रहेको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रूपैयाँ ८७ पैसा र बिक्री दर ८७ रूपैयाँ २५ पैसा रहेको छ। क्यानेडियन डलर एकको खरिद दर ९९ रूपैयाँ १५ पैसा र बिक्री दर ९९ रूपैयाँ ५८ पैसा रहेको छ। कतारी रियाल एकको खरिद दर ३७ रूपैयाँ ६८ पैसा र बिक्री दर ३७ रूपैयाँ ८५ पैसा रहेको छ। थाइ भाट एकको खरिद दर ४ रूपैयाँ १० पैसा र बिक्री दर ४ रूपैयाँ ११ पैसा, युएई दिराम एकको खरिद दर ३७ रूपैयाँ ४० पैसा र बिक्री दर ३७ रूपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।