काठमाडौँ। नेपाल राष्ट्र बैंकको कायम मुकायम (कामु) गभर्नरको जिम्मेवारी वरिष्ठ डेपुटी गर्भनर निलम ढुङ्गानालाई दिइएको छ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ अनुसार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन्।
राष्ट्र बैंक ऐन २०५८ अनुसार गभर्नर पद रिक्त हुनुभन्दा एक महिना अगाडि नै नयाँ गभर्नर नियुक्त भइसक्नुपर्छ। राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी पाँच वर्षे कार्यकाल सक्काएर चैत २२ गते बिदा भइसकेका छन्।
रिक्त रहेको गर्भनर पदमा सरकारले हालसम्म पनि नयाँ गर्भनर नियुक्ति गर्न सकेको छैन।
25 Chaitra 2081, Sombar 08:39 मा प्रकाशित
361
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar