9851314933 | info@gharjagganews.com

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज वैशाख १२ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ १ सयको खरिद दर १६० रूपैयाँ १५ पैसा र बिक्रि दर १६० रूपैयाँ १५ पैसा रहेको छ। 

आज अमेरिकी डलर १ को खरिद दर १३६ रूपैयाँ १२ पैसा र बिक्री दर १३६ रूपैयाँ ७२ पैसा रहेको छ। युरोपिएन युरो एकको खरिद दर १५४ रूपैयाँ ९७ पैसा र बिक्री दर १५५ रूपैयाँ ६५ पैसा रहेको छ।  

त्यस्तै, बेलायती पाउन्ड १ को खरिद दर १८१ रूपैयाँ २५ पैसा र बिक्री दर १८२ रूपैयाँ ५ पैसा रहेको छ। जापानिज येन १० को खरिद दर ९ रूपैयाँ ५६ पैसा बिक्री दर ९ रूपैयाँ ६० पैसा रहेको छ।  साउदी अरेबिएन रियाल १ को खरिद दर ३६ रूपैयाँ २९ पैसा र बिक्री दर ३६ रूपैयाँ ४५ पैसा, कतारी रियाल १ को खरिद दर ३७ रूपैयाँ ३५ पैसा र बिक्री दर ३७ रूपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।   


प्रतिक्रिया