काठमाडौँ। जितपुर सिमरा उपमहानगरपालिका-२ स्थित जगदम्बा स्टिल्सको भट्टीमा विस्फोट भएको छ। इलाका प्रहरी कार्यालय सिमराका अनुसार राति करिब ९ः१५ बजे फलाम पगाल्ने क्रममा भट्टीमा अचानक विस्फोट भएको हो।
इलाका प्रहरी कार्यालय सिमराका अनुसार बेलुकी सवा ९ बजे फलाम पगाल्ने क्रममा भट्टीमा अचानक विस्फोट भएको हो। घटनापछि नजिकै रहेको इलाका प्रहरी कार्यालय सिमराको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। प्रहरीका अनुसार आगो राति नै नियन्त्रणमा आइसकेको छ।
विस्फोटको कारण र त्यसबाट भएको क्षतिको विवरण यकिन भइसकेको छैन। घटनास्थलको प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
19 Asar 2082, Bihibar 08:39 मा प्रकाशित
466
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar