काठमाडौँ। नेपाल विधुत प्राधिकरणले काठमाडौँको कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विधुतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि आजदेखि ८ दिनसम्म विधुत अवरूद्ध हुने भएको छ।
त्यस फिडर अन्तर्गतका स्थानमा आज बिहान ११ देखि अपराह्न ४ बजेसम्म विधुत आपूर्ति बन्द हुन लागेको नेपाल विधुत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले जनाएको छ।
निर्देशनालयका अनुसार माघ २१ गते भत्केको पुल चाबहिल वरिपरिका क्षेत्र, २२ गते कलङ्की मालपोत वरिपरिका क्षेत्र, २३ गते बालकुमारी, इमाडोल तथा लुभु वरिपरिका क्षेत्र, २४ गते नैकापदेखि बलम्बुसम्मका क्षेत्र, २५ गते बल्खुदेखि चोभार गेटसम्मको क्षेत्र र २७ गते जोरपाटी फिडरअन्तर्गत बाबा चोकदेखि क्रिकेट स्टेडियमसम्मका क्षेत्रमा विधुत अवरूद्ध हुनेछ।
यस्तै माघ २८ गते गौशाला चोकदेखि पुरानो बानेश्वरसम्मको क्षेत्र र २९ गते रातोपुलदेखि गौशालासम्मका क्षेत्रमा विधुत अवरूद्ध हुने जनाइएको छ। ८ दिनसम्म विधुत आपूर्ति अवरूद्ध हुन गएकोमा क्षमा माग्दै प्राधिकरणले मौसम प्रतिकूल रहेमा ‘सटडाउन’ नहुने जनाएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar