चितवनमा बस दुर्घटना,१५ जना घाइते

काठमाडौँ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर–१० मा काठमाडौँबाट लहान जाँदै गरेको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन।

आज बिहान त्रिनेत्र पेट्रोल पम्प अगाडि प्र–१–०२–००१ ख ९१६२ नम्बरको बस डिभाइडरमा ठोकिएर पल्टिँदा बसमा सवार ३९ जना मध्ये १५ जना घाइते भएको चितवन प्रहरीले जनाएको छ।

घाइतेहरूको भरतपुरको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल र रत्ननगर बकुलहर अस्पतालमा उपचार भइरहेको छ। 

बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

प्रतिक्रिया