देशका पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएअनुसार हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव सक्रिय छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदलीको अवस्था देखिएको छ भने अन्य भागहरूमा मौसम सामान्यतः सफा देखिएको छ।

कोशी र बागमती प्रदेशका केही स्थानहरूमा अहिले मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। शनिबार देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ। विशेषगरी कोशी प्रदेशसहित पहाडी भूभागहरूमा मेघगर्जन, चट्याङ्ग र हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि मौसमविदहरूले बताएका छन्।

देशको उच्च पहाडी तथा हिमाली भूभागमा केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

आइतबार पनि कोशी प्रदेशसहित पहाडी क्षेत्रहरूमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने अन्य भागहरूमा आंशिक बदलीदेखि सामान्य मौसम रहने देखिएको छ। थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना अझै कायम छ।

मौसममा हुने यी परिवर्तनहरूका कारण कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भन्दै मौसमविद्हरूले आवश्यक सतर्कता र सुरक्षात्मक उपायहरू अपनाउन आम नागरिकलाई आग्रह गरेका छन्।

प्रतिक्रिया