पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावका कारण आज र भोली यी स्थानमा बर्षा र हिमपात

weather forecast

काठमाडौँ।  नेपालमा सोमबार र मंगलबार वर्षा र हिमपातको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्दा वर्षा र हिमपातको सम्भावना छ।

आइतबार साँझ पश्चिमी भूभागमा बादल प्रवेश गर्न शुरू गरिसकेको र त्यसको प्रभाव स्वरूप २ दिन वर्षा र हिमपात हुने महाशाखाले बताएको छ। सोमबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षा र हिमपात हुनेछ।

सोमबार बिहान सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ। बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ। तराईका केही स्थानमा हुस्सु लागेको छ। दिउँसो र राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। 

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। 

आज (सोमबार) काठमाडौंमा वर्षाको सम्भावना नरहेको विभागले जनाएको छ। काठमाडौंमा बदली मात्र हुनेछ। 

हाल नेपालमा पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव छ। 

प्रतिक्रिया